सहिद भीमनारायण गोल्डकप : आयोजक धनकुटालाई हराउंदै बिर्तामोड एफसी फाइनलमा प्रबेश
धनकुटा,२८ बैशाख । धनकुटामा जारी १६ औं संस्करणको शहिद भीमनारायण गोल्डकप फुटवल अन्र्तगत आज भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक धनकुटालाई हराउँदै झापाको बिर्तामोड फूटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा आज सम्पन्न अन्तिम सेमी फाइनल खेलमा बिर्तामोडले आयोजक धनकुटालाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको सुरु देखिनै आयोजक धनकुटालाई दवाममा राखेको बिर्तामोडका लागि अभिषेक गुरुङ्ग र निरज कार्कीले एक÷एक गोल गरेका थिए भने एक गोल धनकुटाका खेलाडीले आत्माघाती गोलको उपहार दिए । त्यस पछि ३–० गोल अन्र्तरले बिर्तामोड विजयी भयो ।
जीतसँगै फाइनलमा झापाको बिर्तामोड र शसस्त्र प्रहरीको एपिएफ क्लव उपाधीका लागि आमनेसामने हुने भएका छन् । प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो साढे दुइबजे देखि धनकुटाको तल्लो टुँडिखेलमा संचालन हुनेछ ।
