पाख्रीवासमा आजबाट तीन दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु

धनकुटा । धनकुटाको पाख्रीवासमा आजबाट बृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको छ । नगरका आम नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै पाख्रीवास नगरपालिकाको आयोजमा तथा टच हेल्पिङ हेल्थ पोलिक्लिनिक संखुवासभाको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन भईरहेको हो ।

शिविरको उद्घाटन पाख्रीवास ९ का वडाध्यक्ष तथा नगरका सामाजिक विकास समितीका संयोजक सम्झना आलेको अध्यक्षतामा सञ्चालित कार्यक्रमको नगर प्रमुख ज्ञान वहादुर गुरुङ र हेल्पिङ हेण्स् हेल्थ एजुकेशन अमेरिकाका अन्तराष्ट्रिय प्रेसिडेन्ट तथा फाउण्डर नारायण श्रेष्ठले गरेका छन् ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गुरुङले सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवा लिन आग्रह गर्नुभयो । त्यस्तै फाउण्डर श्रेष्ठले आगामी दिनमा पनि यहाका नागरिकहरुलाई स्वास्थ्य सेवाका लागि सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा संविधानसभा सदस्य मनोहर नारायण श्रेष्ठ,नगर उपप्रमुख नम्रता गौतम लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगरका सम्पूर्ण वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि सहित विभिन्न संघ संस्थाका प्रमुखको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य नगरका सामाजिक विकास समिती सदस्य बसन्तराज निरौलाले राख्नुभएको थियो भने सञ्चालन गोकुल घिमिरेले गर्नुभएको थियो ।

शिविर जेष्ठ ६ गते सम्म सञ्चालन हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।