सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १५८ रनको लक्ष्य पछ्याएको बागमतीले १६.१ ओभरमा अल आउट हुदै ४८ रन मात्र बनाएको थियो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

यो जितसँगै ४ खेलमा ६ अंक बटुलेर सुदूरपश्चिम अंक तालिकामा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ ।  पराजित बागमती प्रदेश ४ खेलमा २ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब सुदूरपश्चिमले उपाधिका लागि अब नेपाल एपिएफ क्लबसँग भिड्ने छ । फाइनल खेल शनिबार हुनेछ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।