प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिताको उपाधि धनकुटाका शिखर र किरणको जोडीलाई
धनकुटा । धनकुटामा संचालित कोशी प्रदेश स्तरीय धनकुटा तेस्रो व्याडमिन्टन प्रतियोगिताको १०० पलस भेट्रासको उपाधी धनकुटाको शिखर श्रेष्ठ र किरण प्रधानले चुम्न सफल भएका छन ।
विजेता टोलीलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा कप सहित नगद पुरस्कार सहित मेडल तथा प्रमाण पत्र वितरण गर्नु भएको छ । उपबिजेता ईटहरीका श्याम लामा र उत्तम सिम्खडा लाई सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका गुल्मपती डिएसपी सुदन भारतीले नगद पुरस्कार कप,प्रमाण पत्र मेडल प्रदान गर्नु भएको छ ।
यसैगरी तेस्रो स्थान प्राप्त गरेका सुनिल परियार र गणेश राईकाे जोडी , जिवन कुमार बोगटी र श्रवण चौधरीको जोडी लाई कोश प्रदेश व्याडमिन्टन संघका संयोजक यज्ञश्वर श्रेष्ले कप प्रमाण पत्र मेडल र नगद पुरस्कार प्रदान गर्नु भएको छ ।
कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन तर्फ प्रथम भएका प्रविन लिङथेप (संखुवासभां) र निशान खड्का(भोजपुर)को जोडी लाई धनकुटा व्याडमिन्टन संघका अध्यक्ष शिखर श्रेष्ठले नगद पुरस्कार धनकुटा कप,मेडल प्रमाण पत्र प्रधान गर्नु भयो । दोस्रो भएका भोजराज गुरुङ र लाक्पा शेर्पाको जोडी लाई राष्टिय बाणिज्य बैक धनकुटका प्रवन्धक खगेन्द्र कन्दङवाले कप प्रमाण पत्र,मेडल नगद पुुरस्कार प्रमाण पत्र वितरण गर्नु भयो ।
तेस्रो भएका रविन साउदेन दिवश शंकरको जोडी र सुनिलजं कार्की र महेश खड्काको जोडी लाई धनकुटा व्याड मिन्टन संघका संस्थापक अध्यक्ष राम नारायण श्रेष्ठ,समाजसेवी नविन किशोर शाक्य लगाइले मेडल ,कप नगर पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भयो ।
प्रतियाेगितामा जनप्रतीनिध र विभिन्न समुहहरु वीच पनि खेल खेलाईएकाे थियाे ।
जिल्ला व्याडमिन्टन संघ धनकुटाका अध्यक्ष शिखर श्रेष्ठको अध्यक्षतमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा उपाध्यक्ष गोविन्द राईले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । संचालन सचिव नारायण बिकले गर्नुभएकाे थियाे ।
