जेठ १० गते प्रेस युनियन कोशीले दौड प्रतियोगिता आयोजना गर्ने

विराटनगर । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेश समितिले सञ्चारकर्मीहरूबीच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही जेठ १० गते बिहीबार महिला–पुरुष सञ्चारकर्मीहरुबीच दौड प्रतियोगिता हुन लागेको हो । ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित व्यायाम र आहारबिहार’ भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए । बिहान ६ बजे विराटनगरस्थित महेन्द्रचोकबाट सुरु हुने दौड प्रतियोगिता बरगाछी उत्तरमा अवस्थित होटल मनास्लु ईनमा पुगेर समापन हुनेछ । दौड प्रतियोगिताको दूरी २३ सय मिटर रहेको छ । महिला र पुरुष दुवै विधामा हुने प्रतियोगिताका विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन सबै सञ्चारकर्मीलाई अध्यक्ष नवोदितले आह्वान गरेका छन् । प्रतियोगितामा सहभागिताका लागि सञ्चारकर्मीहरुले धमाधम नाम दर्ता गराइरहेको महासचिव संजीव वाग्लेले जानकारी दिए । दौड प्रतियोगिता सम्पन्न भएपछि होटल मनास्लुमा आयोजित विशेष समारोहमा विजेतालाई पुरस्कार प्रदान गरिनेछ । युनियनले सोही दिन स्थापना दिवसका अवसरमा अग्रज पत्रकार सम्मान, ‘प्रदेशको स्थायित्व र विकासमा सञ्चारकर्मीको भूमिका’ विषयक विचारगोष्ठी, युनियनका केन्द्रीय अध्यक्षको उपस्थितिमा प्रदेश भेला आयोजना हुने नवोदितले बताए ।

प्रदेश भेलामा १४ वटै जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित महासंघका जिल्ला अध्यक्ष, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने युनियन र महासंघका पदाधिकारी र सदस्यलगायतको सहभागिता रहने अध्यक्ष नवोदितले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।