नेकपा (एमाले) सुनसरीको अध्यक्षमा निलम खनाल
सुनसरी । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित हुनुभएको छ ।
पार्टीको आठौँ जिल्ला अधिवेशनबाट खनाल अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । मतदान प्रक्रियामा अर्का प्रतिस्पर्धी खेमराज पोखरेल भन्दा ६ मत बढी ल्याएर खनाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । खनालले ३ सय ८३ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रतिस्पर्धी पोखरेलले २ सय ८७ मत पाउनु भएको छ ।
यसै गरी उपाध्यक्षमा पर्शुराम यादव निर्वाचित हुनुभएको छ । उहाँले तीन मतको अन्तरले निर्वाचित हुनुभएको हो । यादवले ३ सय ३२ मत पाउँदा अर्का प्रतिस्पर्धी नन्द बस्नेतले ३ सय २९ मत पाउनु भएको छ ।
यसै गरी सचिवमा राम कोइराला निर्वाचित हुनुभएको छ । कोइरालाले ३ सय ८८ मत पाउनुभएको छ भने अर्का प्रतिस्पर्धी पदम लिम्बुले २ सय ७९ मत पाउनु भएको छ ।
यस्तै उपसचिवमा महिलातर्फ ४ सय ३८ मत ल्याएर इन्द्रकला राई निर्वाचित हुनुभएको छ । अर्का प्रतिस्पर्धी कमला मगरले १ सय ९१ मत पाउनु भएको छ ।
खुल्ला उपसचिव तर्फ यामकुमार सुब्बा ३ सय ८५ मतसहित निर्वाचित हुनुभएको छ । अर्का प्रतिस्पर्धी देवानन्द मेहताले १ सय ९७ मत पाउनु भएको छ ।
निर्वाचनमा ६ सय ६१ मत खसेको थियो ।


