कैलाश प्रसाद सिरोहियालाई पक्राउको बिषयलाई लिएर भ्रम फैलाईयो : ईश्वर पोखरेल

बिशाल बस्नेत/११ जेठ, महोत्तरी  । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कैलाश प्रसाद सिरोहियालाई जोडेर संचार जगतमाथी हमला भएको भन्ने बिषयप्रति आपत्ति जनाएका छन ।

पाटीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी आईपुगेका नेता पोखरेलले कानुनको स्वाभाविक प्रक्रिया अन्तर्गत नै पक्राउ परेका सिरोहियालाई लिएर मिडियाहरुले भ्रम फैलाउने काम गरेको वताए ।

नागरिकताको बिषयलाई लिएर जिल्ला अदालतमा परेको मुद्दा प्रक्रियामा अनुसन्धानको लागि पक्राउ परेका सिरोहिया मात्र हैन जोसुकै कारवाहीको दायरामा आउनुपर्ने नेता पोखरेलको जिकिर छ ।

‘संचार जगतको हमला काँहावाट आयो ?’ उन्ले प्रतिप्रश्न गर्दै भने । ‘ धनुषा जिल्ला अदालतमा मुद्दा परेको छ, पक्राउ पुर्जी जारी भएको छ त्यसपछि पक्राउ गरिएको हो ।’

सरकार लोकतान्त्रिक अभ्यासमा बिस्वास गर्ने वताउदै नेता पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले समेत यो बिषयमा संक्षिप्त भनाई राखेको वताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।