लेखक संघ कोशीको आयोजनामा विराटनगरमा विशेष साहित्य सभा

विराटनगर । नेपाली लेखक संघ कोशी प्रदेशको आयोजनामा यही जेठ २६ गते विराटनगरमा विशेष साहित्यिक सभा हुने भएको छ ।

नेपाली लेखक संघ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सो संस्थाको सचिवालय समितिको बैठकबाट सबै प्रदेशका साहित्यकारहरुलाई पालैपालो कोशी प्रदेशमा आमन्त्रण गरी स्रष्टा सम्मान एवं प्रदेश–प्रदेशबीचको साहित्यिक गतिविधिका विषयमा अन्तरसंवाद गर्दै जाने निर्णय गरिएको छ ।

‘एउटा प्रदेशसँग अर्को प्रदेशका स्रष्टा’ शीर्षकको शृंखला कार्यक्रमको सबैभन्दा पहिलो शृंखलामा गण्डकी प्रदेशका स्रष्टाहरुको आगमन जेठ २६ गते कोशी प्रदेशको विराटनगरमा हुनेछ । ‘यस्ता कार्यक्रमले एक प्रदेशका स्रष्टा र अर्को प्रदेशका स्रष्टाबीच सम्बन्ध विस्तार हुनेछ,’ अध्यक्ष अधिकारीले भने, ‘कला, साहित्य र संस्कृतिको समेत आदानप्रदान हुने हाम्रो विश्वास छ ।’

लेखक संघ कोशीका महासचिव मीनकुमार नवोदितका अनुसार मुलत, कविता वाचनमा केन्द्रित समारोहमा कोशी प्रदेशका सबै जिल्लाका स्रष्टाहरुको प्रतिनिधित्व रहनेछ भने गण्डकी प्रदेशको साहित्यको विविध आयाम अनि कोशी प्रदेशको साहित्यको विद्यमान अवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र पनि प्रस्तुत गरिनेछ । सो अवसरमा गण्डकी प्रदेशका अग्रज स्रष्टालाई सम्मानसमेत गरिने महासचिव नवोदितले जानकारी दिए ।

२००८ सालमा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतको सक्रियतामा स्थापित लेखक संघको ७ वटै प्रदेश र करिब ७० जिल्लामा संगठन विस्तार भइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।