भारत-पाकिस्तानको खेल हेर्न गएका मुम्बई क्रिकेटका अध्यक्षको हृदयघातबाट निधन

काठमाडौँ । मुम्बई क्रिकेट संघका अध्यक्ष अमोल कालेको अमेरिकामा निधन भएको छ । टी-२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानको खेल हेर्न अमेरिका पुगेका ४७ बर्षिय कालेको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उलेल्ख गरेका छन् । 

न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतबार भारत र पाकिस्तानबीच भएको टी–२० विश्वकपको खेल हेर्न उनी एमसीएका अन्य दुई अधिकारीसँग पुगेका थिए ।

उनीसँगै एमसीएका सचिव अजिंक्य नायक र एपेक्स काउन्सिलका सदस्य सुरज सामत पनि थिए । 

काले अक्टोबर २०२२ मा एमसीएको अध्यक्षमा निर्वाचित भएका थिए । उनले एमसीए अध्यक्षको चुनावमा १९९३ विश्व च्याम्पियन टोलीका सदस्य सन्दीप पाटिललाई हराएका थिए । कालेले मुम्बईका लागि रणजी र अन्य घरेलु प्रतियोगितामा खेल्ने घरेलु खेलाडीको म्याच शुल्क दोब्बर बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

महाराष्ट्र क्रिकेट संघको अध्यक्ष हुनुको अलावा, उनी टेनिस-बल फ्रेन्चाइजी क्रिकेट लीग इन्डियन स्ट्रीट प्रिमियर लिगको सह-प्रवर्तक पनि थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।