धरानको आसरा सुधार केन्द्रमा महिला सुधार केन्द्र भवनको शिलान्यास

विराटनगर । सुनसरीको धरानस्थित आसरा सुधार केन्द्र पानवारीमा लागुऔषध दुर्व्यसनमा परेका महिलाको उपचार तथा पुनर्स्थापनाका लागि महिला सुधार केन्द्र भवन निर्माण हुने भएको छ । भवनको मंसिर १० गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले शिलान्यास गरेका छन् ।

आसरा सुधार केन्द्र पानवारीमा हाल पुरुष दुर्व्यसनीलाई मात्र उपचार सेवा प्रदान हुँदै आएको छ । पछिल्लो समय महिलामा समेत लागुऔषध दुर्व्यसन बढ्दै गएको र उनीहरूको उपचार तथा पुनर्स्थापनाका लागि छुट्टै आवासीय सुविधा आवश्यक देखिएपछि महिला सुधार केन्द्र भवन निर्माण प्रक्रिया अघि बढाइएको हो ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि डीआईजी खनालले लागुऔषध दुर्व्यसनमा फसेका महिलालाई लक्षित गरी सुधार केन्द्र स्थापना गर्न लागिएको बताउँदै सुविधासम्पन्न केन्द्रबाट दुर्व्यसन प्रभावित महिलालाई उपचारसँगै समाजमा सहज पुनर्स्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्ल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, सुधार केन्द्र सञ्चालक समितिका प्रथम उपाध्यक्ष शिला बज्राचार्यलगायत स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖