डढेलो नियन्त्रणका लागि बडहरे सामुदायिक वनलाई सामग्री हस्तान्तरण

धनकुटा । वन डढेलोको उच्च जोखिममा रहेको धनकुटा नगरपालिका–५ स्थित बडहरे सामुदायिक वन उपभोक्ता समितिलाई डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण गरिएको छ।

डिभिजन वन कार्यालय धनकुटाले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले सामुदायिक वनलाई आवश्यक सामग्री उपलब्ध गराएको हो।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास र पत्रकार विनोद घिमिरेको विशेष पहलमा उक्त सामग्री हस्तान्तरण गरिएको हो। डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकाल, वन अधिकृत विनोद शाह, भू–संरक्षण प्रमुख गंगाराम शाह र वन रक्षक सहायक तृतीय गोविन्द खत्रीले सामुदायिक वनका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गरेका हुन्।

वन डढेलोको जोखिम बढ्दै गएको अवस्थामा नियन्त्रणका सामग्री उपलब्ध भएपछि वन क्षेत्रमा आगलागी हुन नदिन पूर्वतयारी गर्न तथा डढेलो लागिहालेमा तत्काल नियन्त्रणको प्रयास गर्न सहज हुने स्थानीयले विश्वास व्यक्त गरेका छन्।

वन, वन्यजन्तु, जैविक विविधता तथा वातावरण संरक्षणका लागि डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय उपभोक्ता, सामुदायिक वन र सम्बन्धित निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको कार्यक्रमका सहभागिहरूले बताएका छन ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖