कानेपोखरीमा बालिकामाथि बलात्कार आरोपमा ससुरा पक्राउ, कुटपिट भिडियो सार्वजनिक गर्ने छोरा पनि पक्राउ

मोरङ । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ५५ वर्षीय ससुरा पक्राउ परेका छन्। घटनाबारे सोधपुछ गर्ने क्रममा पीडित बालिकामाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने उनका २३ वर्षीय छोरा पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत असोज २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित पीडितको घरमा बालिकामाथि ससुरा नाता पर्ने व्यक्तिले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएको थियो। सूचनापछि प्रहरीले आरोपितलाई तत्काल पक्राउ गरेको थियो।

उनीविरुद्ध मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

उक्त घटनाबारे सोधपुछ गर्ने क्रममा आरोपितका २३ वर्षीय छोराले आफ्नी आमालाई समेत छेउमा राखेर पीडित बालिकामाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई मंसिर ९ गते पक्राउ गरेको हो।

पक्राउ परेका युवकविरुद्ध अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीति अपनाउँदै आएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖