पाख्रीवास ८ को नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
शर्मिला राई,धनकुटा । धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं ८ काे नवनिर्मित स्वास्थ्यचाैकी भवनकाे आज उद्वघाटन गरिएकाे छ ।
आर्थिक वर्ष २०७९/८० मा प्रदेर सरकार र पाख्रीवास नगरपालिकाकाे संयुक्त लगानी ५६ लाखमा निर्मित भवनकाे पाख्रीवास नगर प्रमुख तथा भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि ज्ञान बहादुर गुरुङ र नगरका निवर्तमान प्रमुख वृष बहादुर राईले उद्घाटन गरेका हुन् ।
भवन उद्वघाटन कार्यक्रममा बाेल्दै नगर प्रमुख गुरुङले यहि असार ४ देखि ९ गते सम्म आम नागरिककाे आखाँकाे स्वास्थ्य समस्यालाई ध्यान दिदै स्वास्थ्य शिविर आयाेजना गर्न लागिएकाे जानकारी गराउनु भयाे । जसअनुसार महालक्ष्मी नगरपालिकाकाे लेगुवा, पाख्रीवासकाे खत्री डाँडा लगायत विभिन्न स्थानमा आँखाकाे स्क्रिनिङ जाँच गरिने र माेतिया विन्दुकाे समस्या भएकाहरुकाे आँखाकाे ९ गते पाख्रीवासमा डा. सन्दुक रुईत नेतृत्वकाे टाेलि मार्फत अप्रेशन गर्ने तयारी रहेकाे उहाँले बताउनु भयाे ।
त्यस्तैगरि पाख्रीवास मुगा सुनवालुवा सडक खण्डकाे लागि २ कराेड १५ लाख बजेट आएकाे जानकारी गराउनुभयाे । उहाँले यहाँकाे जनताकाे जीवन स्तर माथि उकास्ने लक्षका साथ जीवन विकास लघुवित्त वित्तिय संस्था सँग गाईभैसी पालनका लागि किसानहरुलाई ऋण दिने गरि नगरले सम्झाैता गरिसकेकाे बताउनुभयाे । साथै चिस्यान केन्द्र स्थापनाका लागि समेत पहल भईरहेकाे उहाँले बताउनुभएकाे छ । ऋण लिनका लागि किसानहरुले समूह बनाएर नगरमा कुरा राख्नुपर्ने उहाँले बताउनुभयाे । त्यस्तै तरकारी खेतिका लागि आधा-आधा लगानी गर्नेगरि एडिवि सँग सम्झाैता भएकाे र एबाेकाडाे खेतिका लागि समेत अन्य संस्था सँग कुरा भईरहेकाे उहाँले जानकारी गराउनु भयाे ।
उहाँले नवनिर्मित स्वास्थ्यचाैकी भवनकाे बाँकी काम पूरा गर्न नगरले पहल गर्ने बताउनुभयाे ।
निवर्तमान नगर प्रमुख राईले आफ्नाे कार्यकालमा शुरु भएका याेजनाहरुकाे कामलाई निरन्तरता दिन नगरप्रमुख समक्ष आग्रह गर्नुभएकाे थियाे । ८ नं वडाध्यक्ष नयाँ स्वास्थ्यचाैकी भवनबाट यहाँका नागरिकहरुलाई स्वास्थ्य सेवा लिन थप सहज हुने बताउनुभयाे । कार्यक्रममा स्वागत मन्तव्य ८ नं वडा सदस्य हेम गिरीले राख्नुभएकाे थियाे । सञ्चालन वडासचिव हिरामान राईले गर्नु भएकाे थियाे । स्वास्थ्यचाैकी व्यवस्थापन समितीका सदस्य ईन्द्रमणी देवानकाे अध्यक्षतामा कार्यक्रम सञ्चालन भएकाे थियाे ।
स्वास्थ्यचाैकी भवन आफ्ना स्व. बुबा – आमा भक्तशेर देवान र कमला देवानकाे स्मृतीमा देवेन्द्र देवानले नि: शूल्क रुपमा प्रदान गर्नुभएकाे जग्गामा निर्माण गरिएकाे हाे । कार्यक्रममा वडासदस्यहरु गंगादेव राई रुपा दर्जी सहित स्वास्थ्यचाैकीका प्रमुख,श्री राम माविका विद्यालय व्यवस्थापन समिती अध्यक्ष पूर्ण बहादुर राई, कर्मचारी,स्वास्थ्य स्वयमसेविका,स्थानियकाे उपस्थिती थियाे ।




