दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् असार २ गते आइतवारको राशिफल
श्री शाके १९४६ बि स २०८१ साल असार २ गते आइतबार इश्वी सन २०२४ जुन १६ तारीख ज्येष्ठ शुक्लपक्ष दशमी तिथी हस्ता नक्षत्र वरियान योग तैतिल करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा मानस योग कालयुक्त नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋृतु गंगा दशहरा स्नान मेला, हत्यामोचन स्नान, रामेश्वर पूजा, गोसाइँकुण्ड स्नान पुर्ति,रिडिक्षेत्रमा हृषिकेशको उत्सव्, बाजुराम बेहडबवाजलर्पन्, बज्रहुरु पद्मसंभव जयन्ती । – ज्यो.पं सरोज घिमिरे ।
मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिश्पर्दाीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ ।
बृष राशि- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ ।
मीथुन राशि- का, कि, कु, घ, ङ, छ, के, को, ह
सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ ।
कर्कट राशि- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला ।
सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बिद्या प्राप्तिको समय रहेको छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । चिसोको प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ ।
कन्या राशि- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । समय राम्रो रहेको छ । पारीवरिक शुःख प््राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।
तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । खर्च बढ्ने सम्भाबना रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ ।
बृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्या रहला । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । शारीरिक आलस्यले सताउन सक्छ ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।
मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।
कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
बोलिको कारण साधारण समस्या आउन सक्नेछ । चिसो सम्बन्धी समस्या सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।
मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।


