किराँत राई सांस्कृतिक उत्सव सम्पन्न
धनकुटा, २ असार । धनकुटामा बृहत् किराँत राई सांस्कृतिक उत्सव सम्पन्न भएको छ ।
आदिवासी जनजातिको संस्कार,संस्कृति र भेषभूषाको प्रर्दशन आर्थिक समृद्धिको लागि स्वच्छ पर्यावरण र पर्यटन भन्ने नाराका साथ जेठ २७ बाट सुरु भएको महोत्सव शनिबार राती सम्पन्म भएको हो ।
उत्सवमा आदिवासी जनजातिको संस्कार, संस्कृति र भेषभूषाको प्रर्दशन तथा जातीय खानाको प्रर्दशन समेत गरिएको थियो । आदिवासी जनजातिको संस्कार संस्कृतिलाई सबैका माझमा देखाउन र उनिहरुको संस्कार संस्कृति प्रचार प्रसार गरि धनकुटाको पर्यटनमा समेत वद्धि गर्ने लक्ष्यका साथ उत्सवको आयोजना गरिएको आयोजक किरात राई यायोक्खा धनकुटाका कार्यबाहक अध्यक्ष प्रीथुराम राईले बताए ।
महोत्सवले समग्र धनकुटा जिल्लाको पर्यटन क्षेत्रमा सहयोग पु¥याएको आयोजकले बताएको छ ।


