मन्त्रालयको बजेट पुनर्लेखन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बजेट पुनर्लेखन गर्नुपर्ने बताएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिनेक्रममा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्ने बताएका हुन् ।

प्रमुख सचेतक लेखकले बजेटको मूल मान्यतामा नै त्रुटि भएको बताए । उनले मन्त्रीहरूले आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताएका छन् ।

उनले भने- ‘प्रधानमन्त्रीजीले सम्बन्धित मन्त्रीजीहरुलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ। सदनमा यति कुरा उठिसकेपछि राजनीतिक र नैतिक दबाबमा प्रधानमन्त्री हुनुपर्छ । प्रधानमन्त्रीजी र अर्थमन्त्रीजीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ । ति मन्त्रीलाई यो विनियोजन कसरी गर्नुभयो भनेर प्रश्न गर्नुपर्छ र मन्त्रालयको बजेट संशोधन गर्नुपर्छ । होइन भने प्रधानमन्त्री र अर्थमन्त्रीजी नै यो बजेटमा बेठिक ढंगले वितरण गर्ने ढंगमा संलग्न हुनुहुथ्यो भन्ने निस्कर्षमा हामी पुग्छौँ ।’

प्रतिनिधि सभाम विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री र सत्ता समीकरण दलका शिर्ष नेताहरुको जिल्लामा अत्याधिक बजेट विनियोजन गरेको भन्दै सांसदहरुले आलोचना गरिरहेका छन् । खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा, झापा, रोल्पा र  गोर्खा जिल्लामा अस्वाभाविक रुपमा छुट्याइएको भन्दै सत्ता पक्ष र विपक्षक सांसदहरुले विरोध गरिरहेका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।