“९०औं कविता वाचन” श्रृंखला सम्पन्न

चन्द्र मादेन आन्छन,काठमाडौ । मनोहरा साहित्य समाजको आयोजनामा स्थानीय ग्लोवल पव्लिक स्कुल, पेप्सीकोलामा ९०औं कविता वाचन श्रृंखला सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वुढ्यौली समाज भक्तपुरका अध्यक्ष एवं छन्दकवि कविराज घिमिरे र स्रष्टा एन वी जनकपुरे हुनुहुन्थ्यो ।

स्वंय सभापति आचार्यको स्वागत मन्तव्यवाट सुरु भएको उक्त साहित्यिक कार्यक्रममा ३० जना स्रष्टाहरुले सृजना वाचन गर्नुभएको थियो । कविता पस्किनुहुने सर्जकहरु – कृष्ण प्र पौडेल, डि वी पालुङ्वा, उषा वस्ताकोटी, प्रेम राज घिमिरे, शारदा पराजुली, चेवन चन्द्र वस्नेत, दिव्या अनामिका तिवारी, सूर्य प्रसाद डुम्रे, भावना न्यौपाने, वुद्धिसागर पौडेल, सरिता घिमिरे, धरणी धनन्जय, नुरदेव खनाल, भालचन्द्र भन्डारी, छविलाल अधिकारी, चन्द्र मादेन आन्छन, निशा न्यौपाने, तोयानाथ सुवेदी, विजया वस्नेत, एन पी पाण्डे, सञ्जय सोती, विनन्द वैद्य, विष्णु दत्त भट्ट, खोला घरे साँईलो, सरिता तिमल्सिना, घनश्याम प्रसाई, गँगा प्र.भेटवाल ताप्लेजुङे, दीपक श्रेष्ठ हुनुहुन्यो । त्यस्तै जेष्ठ नागरिक राधा आचार्य भट्ट, सितल गिरी अनि प्रमुख अतिथि घिमिरे र विशेष अतिथि जनकपुरेले सान्दर्भिक मन्तव्य राख्नुभएको थियो ।

विकृति, विसंगति, वेथितिको विरुद्ध देशप्रेम, पहिचान, प्रकृति र प्रेमका कविताहरु अधिकांशले श्लोक र मुग्ध छन्दमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन समाजका साचिव भाव किशोर वरालले गर्नुभएको थियो र माएक हस्तांतरण गर्नेवेलामा वंहाले पनि दमदार कविता सुनाउनु भयोभने अन्तिममा समाजका उपाध्याय जसध्वोज गुरुङले आफ्नो मुक्तक पस्किनु हुदै उपस्थित सवैलाई धन्यवाद भन्दै कार्यक्रमको विसर्जन गर्नुभएको थियो । स्मरणीय रहोस – यो संस्था विधिवत दर्ता भएर निरन्तर प्रत्येक महिनाको दोस्रो शनिवार अपराह्न सुचारु कृयाशील हुदै आएको ९० औं श्रृंखला पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।