अनेरास्ववियू (क्रान्तिकारी)को विराटनगर महानगर समिति चयन

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को तेस्रो विराटनगर महानगर सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट ६१ सदस्यीय नयाँ समिति चयन गरिएको छ।

नवनिर्वाचित समितिको नेतृत्व प्रितम साहले गर्नेछन्। उनी अध्यक्ष पदमा चयन भएका छन्। समितिमा चार जना उपाध्यक्षहरू सतीश झा, केशव राजवंशी, दिक्षन्त मण्डल र साहिन शेख रहेका छन् ।

सिवनी चौधरी सचिव पदमा निर्वाचित भएकी छिन् भने सुरेश पल, सुस्मिता शर्मा, सुजीत यादव र साजन उराउ सहसचिवहरूको रूपमा चयन भएका छन्। अभिषेक कुमार रायले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।
यी ११ पदाधिकारी बाहेक अन्य ५० सदस्यहरू पनि समितिमा रहेका छन्। नयाँ नेतृत्वले विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने र शैक्षिक क्षेत्रमा सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।

यो निर्वाचनले विराटनगर क्षेत्रमा अनेरास्ववियू (क्रान्तिकारी) को संगठनात्मक संरचनालाई नयाँ गति दिने अपेक्षा गरिएको छ। कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश सह–इन्चार्ज सावित्री काफ्ले (समर), अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षहरु पवन कार्की र मदन भट्टराईलगायतको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।