एमाले उज्यालो भविष्य तर्फको यात्रामा : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले अहिले पनि असाधारण चुनौतीकै बिचमा रहेको बताउनुभएको छ ।

नेकपा (एमाले) काभ्रेपलान्चोक जिल्ला कमिटीको ११ औँ अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी र लेखा पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सोमबार बनेपामा सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रिय राजनीतिका सन्दर्भमा पार्टी अहिले पनि अप्ठेरो स्थितिमा रहेको बताउनुभयो । ‘असाधारण चुनौतीकै बिचमा छ पार्टी, तर पार्टीको भविष्य चाहिँ उज्यालो छ, राष्ट्रलाई सही दिशा दिन सक्ने सामर्थ्य कसैसँग छ भने त्यो नेकपा एमालेसँग छ’,पोखरेलले भन्नुभयो ।

पोखरेलले २०७९ को निर्वाचन एमालेको लागि त्यति सुखद नरहेको बताउनुभयो । विशेष गरी वाग्मती प्रदेशको निर्वाचन परिणाम अत्यन्त निराशाजनक रहेको उहाँले सुनाउनुभयो । वाग्मती प्रदेशमा माओवादीसँग मिल्दा पनि सरकार बनाउन नसक्ने अवस्था आउनु पार्टीको लागि गम्भीर चुनौती हो भन्ने कुरा आत्मसाथ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सर्वत्र घेराबन्दीको कारण यो स्थिति आएको भए पनि पार्टी बलियो बनाउन आन्तरिक एकता आवश्यकता रहेको उहाँले बताउनुभयो । चौतर्फी घेराबन्दी र पार्टी फुटको अवस्थाबाट एमाले छोटो समयमा नै माथि उठेको बताउँदै पोखरेलले पार्टी यात्रालाई अब अधि बढाउन सबै लाग्नु पर्ने धारणा राख्नु भयो । ‘अबको हाम्रो यात्रा पछाडि सर्ने होइन, अगाडि बढ्ने यात्रा हो, चुनौती अवश्य छन्, तर हाम्रो पार्टी सङ्कटको होइन उज्यालो भविष्य तर्फको यात्रामा छ’, पोखरेलले भन्नुभयो ।

२०७९ को निर्वाचन पछि एमालेले पार्टीको संगठनात्मक कामको होलबडि चेकअप गरेको उहाँले बताउनुभयो । यसबाट पार्टीको समस्या पहिचान भएको र त्यसलाई सम्बोधन गर्ने काममा एमाले लागेको उहाँले प्रष्ट पार्नुभयो ।

पार्टीको आन्तरिक एकताको लागि हरेक जिल्लामा बाहिरी जिल्लाबाट एक वर्षको लागि इञ्चार्ज पठाइएको उहाँले बताउनुभयो । अब सम्बन्धित जिल्लामा सम्बन्धित जिल्लाका इञ्चार्ज पठाउने तयारी पार्टीले गरेको पोखरेलले जानकारी दिनुभयो ।

पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न सकिएन भने पार्टी सफल हुन नसक्ने उहाँले बताउनुभयो । जनताको अविश्वासले भन्दा पनि पार्टी भित्र उत्पन्न मतभेदले परिणाम तल माथि हुने गरेको पोखरेलले स्पष्ट पार्नुभयो ।

अहिले पार्टीको प्रमुख समस्या भनेकै संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवाद भएको उहाँले बताउनुभयो । पार्टी निर्माणमा देखिएको प्रमुख चुनौती यही भएको उहाँले प्रष्ट पार्नुभयो । कुनै पनि मानिस सही हिसाबले वैचारिक र संगठनात्मक काममा लागेन भने दक्षिणपन्थी अवसरवाद जन्मिने पोखरेलले बताउनुभयो । त्यसैले राजनीतिक रूपमा पार्टीका नेता, कार्यकर्ता प्रशिक्षित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा कालमा पार्टीको जीवन संगठनात्मक शून्य अवस्थामा रहेको उहाँले बताउनुभयो । त्यसैले संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवाद मौलाएको पोखरेलले प्रष्ट पार्नुभयो ।

पोखरेलले राजनीति परिवर्तन समाज परिवर्तनको आधार मात्र भएको बताउनुभयो । राजनीतिक क्रान्तिलाई नै लक्ष मानेर त्यसको लाभ खोज्दा अहिलेको अवस्था आएको उहाँले स्पष्ट पार्नुभयो । ‘हाम्री क्रान्तिका च्याम्पियन बन्यौँ, तर सामाजिक रूपान्तरणमा सफल हुन सकेका छैनौँ’, उहाँले भन्नुभयो ।

राजनीतिक क्रान्तिको काम सकिएकोले अब आर्थिक सामाजिक परिवर्तनको क्रान्तिमा लाग्नु पर्ने उहाँले बताउनुभयो । त्यस तर्फ आशातीत सफलता प्राप्त हुन नसेकेको पोखरेले प्रष्ट पार्नुभयो । त्यसको प्रमुख कारण राजनीतिक अस्थिरता नै भएको उहाँले बताउनुभयो । राजनीतिक स्थिरताको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने र त्यो शक्ति नेकपा एमाले मात्र बन्न सक्ने पोखरेलले दाबी गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।