स्केटिङ तथा स्केट बोर्डिङ संघ बागमती प्रदेशको जर्सी सार्वजनिक

काठमाडौं । स्केटिङ्ग तथा स्केट बोर्डिङ संघको आयोजनामा बाग्मती प्रदेशको जर्सी सार्वजनिक भएको छ। ललितपुरको जावलाखेलमा एक कार्यक्रम आयोजना गरि जर्सी सार्वजनिक गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष विकास लामा, सुमन कट्टेल, सह-सचीव माईकल प्रजा ,कोषाध्यक्ष अनिश बानियाँ लगायत पदाधिकारीहरुको उपस्थितिमा खेलाडीहरुलाई जर्सी वितरण गरेका थिए । स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने कुरामा अध्यक्ष श्रेष्ठले जोड दिएका छन् ।

‘स्केटिङ साहसिक खेल भएकोले पर्यटन प्रबर्द्धनमा समेत मद्दत गर्छ। यस खेललाई सरकारले थप हौसला र सहयोग गर्दै जाँदा राष्ट्रलाई खेलबाट टेवा पुग्ने भएकोले स्केटिङ खेललाई जिल्ला ,प्रदेश स्तरबाट नै बिकास गर्दै जानू पर्छ ‘ उपाध्यक्ष बिकाश लामाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताए ।

कार्यक्रममा विभिन्न कम्पनीहरुले प्रायोजक गरि स्केटिङ्ग तथा स्केट बोर्डिङ खेललाई बिकास गर्दै लैजाने ह्वाइट रयाबिट स्टुडियोका संचालक विवेक शर्माले बताए । कार्यक्रममा गाबहाल डेन्टल क्लिनिक ,फिउचर फाउन्डेर, क्लब डाइनामिक, रसुवा सन्साइन ग्रेस हाउसका संचालकहरुको समेत उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्केटिङ्ग तथा स्केट बोर्डिङ संघ बागमती प्रदेशले बाग्मती प्रदेशमा विभिन्न खेल आयोजना गर्ने तयारी समेत गरिरहेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।