एमालेको सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ ।
नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।
बैठक दिउँसो ३ बजे बस्ने गरि बोलाइएको छ । बैठकमा कांग्रेससँग भएको सहमति बारे जानकारी दिने र आगामी रणनीति बारे छलफल हुने बताइएको छ ।
कांग्रेससँगको सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने भएका छन् ।


