एकीकृत समाजवादीको महाधिवेशन नेतृत्व चयनमा केन्द्रित, सहमतिको प्रयास हुदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज नेतृत्व चयनमा केन्द्रित भएको हो । 

१६ गतेदेखि शुरु भएको महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । 

केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । 

अध्यक्षका लागि निवर्तमान अध्यक्ष माधवकुमार नेपाल र निवर्तमान महासचिव घनश्याम भुसाल दाबेदार रहेका छन् । यस अघि नेता झलनाथ खनालले पनि अध्यक्षमा दाबि गरेकोमा अहिले भने उनी पछि हटेका छन् ।

महाधिवेशनको बन्दसत्रमा धेरै जसो प्रतिनिधिले अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई नै दोहोराएर नेतृत्व दिने सुझाव दिएपछि दुवैलाई सहमतिमै नेतृत्व चयन गर्न दबाब बढाइएको छ ।

पार्टीका दोस्रो तहका नेताहरुले नेपाल र भुसालबीच सहमति गराउने प्रयास गरिरहेको बताइएको छ । पछिल्लो अपडेट अनुसार भुसाललाई वरिष्ठ उप[उपाध्यक्ष बनाएर सहमति गर्ने प्रयास भइरहेको छ । अध्यक्षमा सहमति भएमा अन्य पदमा पनि सहमतिमै नेतृत्व चयन गरिने सम्भावना देखिएको छ ।

महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । निर्वाचनमण्डलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।

मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची बिहीबार तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्त रुपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ ।

केन्द्रीय समितिको बनावट बारे पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय गरिएको छ । 

निर्देशिकामा एकीकृत समाजवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा हरेक जिल्लाबाट एकजना, प्रदेशबाट २५ सय संगठित सदस्यबाट एक जना, समावेशी क्षेत्रबाट ७० जना, पदाधिकारीसहित खुलाबाट ८० जना, भूगोल लगायत विभिन्न कार्यक्षेत्र, समवेशी र खुला निर्वाचन क्षेत्रबाट निर्वाचन गर्दा ३३ प्रतिशत महिलालाई आरक्षण गर्ने उल्लेख छ ।

त्यस्तै महिला लगायत सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५ देखि ४५ बर्ष उमेर समुहलाई आरक्षण गर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशका अनुसार एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा कोशी र मधेश प्रदेशबाट २१-२१ जना, बागमती प्रदेशबाट २३ जना, गण्डकीबाट १५ जना, लुम्बिनिबाट १८ जना, कर्णाली प्रदेशबाट १९ जना, सुदूरपश्चिमबाट १६ जना, पेशागतबाट ६ जना, सम्पर्क समितिबाट ८ जना, भारत प्रवासबाट एक जना, समावेशीबाट ७० जान र खुलाबाट ८० जना गरी २९९ जना आउने भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।