रास्वपालाई रवि लामिछाने क्लबले हाइज्याक गरेको छ- मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् ।

आफुले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफुले जनतासँग कुरा गरेको बताउदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन् ।

उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोप समेत लगाए । उनले रवि लामिछानेको क्लबबाट मुक्त गराउने बताए ।

ढकालले आफुलाई प्रचलित कानुन विपरित कारवाही गरिएको बताउदै राजनीतिक दलसम्बन्धि ऐन अनुसार स्पष्टीकरणको म्याद नै नसकिएको समयमा आफुलाई निलम्बनको पत्र थमाइएको जिकिर गरेका छन् ।

उनले स्पष्टीकरणको मौका नदिएर कारवाही गर्न पाइदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफु अहिलेपनि पार्टीको महामन्त्री रहेको जिकिर गरेका छन् ।

आफुलाई उपसभापतिले निलम्बनको पत्र दिएको भन्दै त्यो नियम सम्मत नरहेको बताए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।