बुढानिलकण्ठमा दुई घण्टाभन्दा लामो ओली-देउवा भेटवार्ता, सरकार गठन केन्द्रित छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् ।

ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश लेखक सहभागी रहेका थिए ।

बैठकमा सरकार गठन र सहकार्यलाई अगाडी बढाउने विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।

यस अघि कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति बताइए पनि बुधबारको छलफलमा सरकारमा अन्य दललाई सहभागी बनाउन लचिलो भएर जाने सहमति भएको छ । अहिले जसपा नेपाल, जसपा, नाउपा, लोसपा लगायतका दलले कांग्रेस-एमाले गठबन्धनमा सहभागी हुने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने हुनाले कांग्रेस एमालेमा मन्त्रीका लागि दौडधुप समेत चलेको छ ।

यसैक्रममा एमालेले मन्त्री छनौटका लागि मापदण्ड बनाउन प्रारम्भिक छलफल शुरु गरको छ । बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष ओली बाहेकका नेतालाई दोहोरो जिम्मेवारी नदिने गरी छलफल अगाडी बढाएको छ । एमालेले अनुभवीलाई भन्दा नयाँ र काम गर्न सक्ने नेताहरुलाई सरकारमा सहभागी गराउने तयारी गरेको चर्चा छ । एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा छ भने पदम गिरी, महेश बर्तौला, सुनिता बराल, बिद्या भट्टराई, सुहाङ नेम्वाङलगायतको नाम मन्त्री बन्नेमा चर्चा छ ।

त्यस्तै कांग्रेसमा भने कांग्रेस-एमाले गठबन्धन बनाउन खोजेका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बन्ने चर्चा रहेको छ भने सभापति देउवा पत्नी आरजु राणा परराष्ट्रमन्त्री बन्ने चर्चा रहेको छ । त्यस्तै महामन्त्री गगन थापा, सांसद प्रदीप पौडेल लगायतको नाम मन्त्री बन्नेमा चर्चामा छ । कांग्रेसमा रहेको चर्को गुटबन्दीका कारण सबै गुटको प्रतिनिधित्व मिलाएर मन्त्री छान्न भने सकस रहेको छ । यद्यपी अहिलेसम्म कांग्रेसमा मन्त्री छान्ने विषयमा केन्द्रित भएर छलफल नभएको कांग्रेस नेताहरुले बताएका छन् ।
  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।