बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्दै

बसन्त भण्डारी /हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउनको पहिलो साता नयाँ सरकार निर्माणको मार्ग खुला गर्ने घोषणा गरेका छन्। उनले प्रक्रियागत रूपमा नै नयाँ गठबन्धनलाई सरकार निर्माणको वातावरण तयार गर्ने योजना बनाएको बताए।

मुख्यमन्त्री जम्कट्टेलका अनुसार, विश्वासको मत लिने विषयमा तत्काल मिति तय नगरिएको र सत्ता गठबन्धनका दलहरूबीच छलफल गरेर निर्णय गरिने बताए। उनले भने, “आइतबार सरकारमा रहेका दलहरूसँगको छलफलमा विश्वासको मत लिने मितिको बारेमा निर्णय हुन्छ। मैले मिति तय गरेको छैन। साझेदार दलहरूसँगको छलफलपछि संसद सचिवालयमा पत्र पठाउँछु।”

केन्द्रमा माओवादी केन्द्रको सरकारले संसदबाट विश्वासको मत नपाएको र प्रदेशमा पनि प्राप्त नहुने स्पष्ट भएकाले नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रक्रियामा अघि बढेको मुख्यमन्त्रीले जानकारी दिए ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको तयारी भइरहेको र आइतबार नै नयाँ सरकार गठन हुने सम्भावना रहेकाले सोही अनुसार प्रदेशमा पनि एमाले–कांग्रेस गठबन्धनले सरकार निर्माणको तयारी थाल्ने मुख्यमन्त्री जम्कट्टेलले बताए ।

“म आफै धेरै समय लिने सोचमा छैन। विश्वासको मत लिएर वा राजीनामा दिए पनि नयाँ सरकार गठनमा मार्गप्रशस्त गर्ने हो,” मुख्यमन्त्री जम्कट्टेलले भने। उनले थपे, “प्रक्रियागत रूपमा सरकार निर्माणको लागि सहज वातावरण तयार हुनेछ।”

मुख्यमन्त्रीका अनुसार, केन्द्रमा सरकार गठन भइसकेपछि मात्र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ। यस प्रकार, बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो क्रमशः खुल्दै गएको देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖