धनकुटामा ३५ प्रतिशत खेतमा धान रोपाई
धनकुटा, ३ साउन । धनकुटामा असारको अन्तिम सम्ममा ३५ प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ ।
धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर मध्ये अहिले सम्म ३५ प्रतिशत अर्थात १ हजार ७ सय २८ हेक्टर खेतमा मात्र धान रोपाइ भएको कृषिज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिनु भयो ।
धनकुटामा अधिकांश खेत आकासे पानीको भरमा रोपाइ गर्नु पर्ने भएको र अहिले खेत रोपाई गर्नका लागि बर्षा भई रहेको र स्थानियतहले समेत खेत रोपाइको विवरण संकलन गर्ने काम भई रहेकोले खेतिको प्रतिशत धेरै बढेर केहि दिनमा आउने प्रमुख रानाको भनाई छ ।
साउनको पहिलो साता भित्र खेती नगरीए उत्पाद कम हुने भएकोले अहिले भने खेतीका मौषमले समेत साथ दिएको किसानको भनाई छ । धनकुटाको लेगुवा,आहाले, महाभारत, तांखुवा, परेवादिन लगायतका जिल्लाका अन्य स्थानमा असारे धान खेती हुमे गरेको छ ।
धनकुटामा उन्नत जातको धानको खेती भन्दा स्थानिय जातको धानको खेती बढी हुने गरेको कृषिज्ञान केन्द्र धनकुटाले जनाएको छ ।


