धनकुटामा ५४ प्रतिशत खेतमा धान रोपाई
धनकुटा,६ साउन । धनकुटामा साउनको ४ गते सम्ममा ५४ प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ ।
धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर मध्ये अहिले सम्म ५४ प्रतिशत अर्थात २ हजार ६ सय ४५ हेक्टर खेतमा मात्र धान रोपाइ भएको कृषिज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिए ।
धनकुटामा अधिकांश खेत आकासे पानीको भरमा रोपाइ गर्नु पर्ने भएकोले साउन ४ गते सम्म ५४ प्रतिशत खेतमा मात्र रोपाई भएको रानाले भनाई छ । अघिल्लो बर्ष साउन ४ गते सम्ममा धनकुटामा करिब ६० प्रतिशत खेतमा रोपाई भएको थियो । धनकुटाको लेगुवा,आहाले, महाभारत, तांखुवा, परेवादिन लगायतका जिल्लाका अन्य स्थानमा असारे धान खेतीहुने गरेको छ ।
धनकुटामा उन्नत जातको धानको खेती भन्दा स्थानिय जातको धानको खेती बढी हुने गरेको कृषिज्ञान केन्द्र धनकुटाले जनाएको छ ।


