राजनीतिक परिवर्तनलाई विकासको फड्कोमा पुर्याउन सकेमात्र परिवर्तन महसुस हुन्छ- नारायणकाजी श्रेष्ठ

ललितपुर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पुर्‍याउन सक्दा मात्र जनताले वास्तविक परिवर्तनको अनुभूत गर्ने बताएका छन् ।

आफुले सरकारमा हुँदा त्यही प्राथमिकतामा काम गरेको र सुशासनका पक्षमा तथा भ्रष्टाचारका विरुद्धमा ठुल्ठुला अभियान सुरु गरेको बताए ।

शुक्रबार हात्तीवनस्थित ज्ञाननगर मार्गमा आयोजित ‘भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना सहयोग समिति’का निर्वाचित पदाधिकारीलाई सपथ गराउने र प्रमाणपत्र वितरण गर्ने समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् ।

तीन वर्षमा सम्पन्न भैसक्नुपर्ने भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना १० वर्ष भैसक्दा पनि पुरा नभएको तर अब सहयोग समिति र उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले आवश्यक समन्वय गरेर कामलाई गति दिने विश्वास उनले व्यक्त गरे । यहीँ बसोबास गरिरहेकोले सहयोग समितिको पनि सहयोगी भूमिकामा आफू रहने प्रतिबद्धता उनले जनाए ।

जग्गा एकीकरण आयोजनामा सहभागी भएर पनि कयौंले अझै धनीपुर्जा नपाएको, खोलाको सीमाङ्कनको विवाद अदालत पुगेको, आयोजनामा पर्ने जग्गा अझै व्यक्तिसँगै रहेको जस्ता समस्या आपसी छलफल र मैत्रीपुर्ण सामाजिक समन्वयबाट समाधान गर्न सकिने उनले बताए । आयोजना भित्रको विकास, सुविधा र सुरक्षाका सबै पूर्वाधार छिटो सम्पन्न गर्न समेत उनले आग्रह गरे ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।