प्रचण्डको ब्रिफिङ- पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटको हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको टिप्पणी गरेका छन् ।

बुधबारदेखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला स्थायी कमिटीको बैठकले खारेज गरेको स्पष्ट गर्दै यस विषयमा मिडिया ट्रायल नगर्न पनि नेताहरुलाई सचेत गराएका छन् । 

भोलिसम्म चल्ने यस बैठकमा पार्टीका बागमती प्रदेशका केन्द्रीय सदस्य र सांसदहरु सहभागी रहेका छन् । यस बैठकले पार्टीको आगामी कार्यदिशा र रणनीति बारे सुझाव दिने बताइएको छ ।     

गत साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले प्रदेश परामर्श समितिको बैठक बस्ने निर्णय गरेअनुसार माओवादी केन्द्रको बागमती प्रदेशको परामर्श बैठक आजदेखि शुरु भएको छ । माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक अघि सातै प्रदेशको परामर्श बैठक गर्ने भएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।