नि:शुल्क स्वास्थ्य र शिक्षा जनताको संवैधानिक अधिकार कार्यान्वयन हुनुपर्छ :नैनसिंह महर

टीकापुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नि:शुल्क स्वास्थ्य र शिक्षा संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि सरकार जिम्मेबार बन्नु पर्ने बताएका छन्।

टीकापुरस्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले संविधानले ग्यारेन्टी गरेको विषय कार्यान्वयनमा ल्याउन संयुक्त सरकारको ठूलो दल कांग्रेसले समेत महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताए।

‘संविधानको शिक्षासम्बन्धी मौलिक हकमा नागरिकले नि:शुल्क स्वास्थ्य शिक्षा पाउने कुरा उल्लेख छ। तर, हाम्रा विद्यार्थी चर्को शुल्क तिर्न बाध्य छन्। यसको अन्त्य हुनुपर्छ,’ महरले भने।

संवैधानिक व्यवस्था कार्यान्वयनमा कांग्रेस लागेको र नि:शुल्क स्वास्थ्य शिक्षाका कार्यान्वयनका लागि आधार तयार पारिरहेको उनले जानकारी दिए। उनले यस विषयमा  सरकारसँग आवश्यक छलफल हुने बताउँदै भने, ‘कांग्रेसले समग्र शिक्षा क्षेत्रको विकासका लागि पोलिसी निर्माण गर्ने अभियान थालेको छ। नि:शुल्क स्वास्थ्य, शिक्षासँगै व्यवस्थित यातायात, सञ्चार र उद्यमशीलतासहितको रोजगार, जनताको अधिकार, नेपाली कांग्रेसको सरकार भन्ने नारा ऐजेण्डा उठाएको छ। नि:शुल्क र गुणस्तरिय शिक्षाका लागि २० प्रतिशत बजेट छुट्याउने प्राय राजनीतिक दलले घोषणापत्रमा मात्र सीमित राखेका छन्।

जनताको शिक्षा र स्वास्थ्यमा राज्यले सहयोग गर्नुपर्ने उनले बताए। शिक्षा र स्वास्थ्य नै महँगो भए नागरिकले आफ्ना सन्तान पढाउन र उपचारका लागि जोहो गर्नकै लागि भए पनि आफ्नो आम्दानीले नपुगेर भ्रष्टाचार गर्नुपर्ने अवस्था सिर्जना भइरहेको महरले चिन्ता व्यक्त गरे। शिक्षा र स्वास्थ्य मात्र नि:शुल्क गर्न सकेमा धेरै भ्रष्टाचार आफैँ रोकिने उनको धारण छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।