आम किसान मोर्चाको केन्द्रिय अध्यक्षमा अनिल झा निर्वाचित

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट अनिल झाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन भएको छ । 

भेलाले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, किसानलाई मलखाद्य, बिउविजन, सिचाई लगायतको व्यवस्था गर्नुपर्ने माग सरकारसंग गरेको छ । यसैगरी किसान मोर्चाले किसानलाई डिडिसीले तिर्नुपर्ने दुधको बाँकी बक्यौता रकम तत्काल तिर्नुपर्ने, किसानलाई सहज रुपमा न्यून व्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, किसानको नाममा बिचौलियाले गरिरहेको लुटधन्धा नियन्त्रण गरी दोषीलाई कारवाही गर्नुपर्ने लगायतका माग मोर्चाले गरेको छ । 

आजपा नेता मनोजकुमार यादव इन्चार्ज, उमाशंकर साह सहइन्चार्ज रहेको किसान मोर्चाको अध्यक्षमा अनिल झा, उपाध्यक्षमा लोकमान मन्सुरी, विमल कंडेल, महासचिवमा रामसागर महासेठ, सचिवमा दिनेश साह, वशिष्ठ कुशवाहा, कोषाध्यक्षमा कोशिला देवी रहेका छन् । 

यसैगरी सदस्यहरुमा शम्भु कुशवाहा, मदन साह, ममता चौधरी, सुगन्धी पासवान, अवधकिशोर साह, प्रमेश्वर साह, सुवास कुशवाहा, अम्बिका साह, सुरेन्द्र मण्डल, भाईकाजी सापकोटा, रामबिनय प्रसाद पटेल, किरण यादव, बिना देवी खत्वे, तुलसी विक, दिपेन्द्र बराल, श्यामकिशोर साह, धर्मेन्द्र गुप्ता, मोतिलाल साह, कल्पना लामिछाने, अवधकिशोर साह, फेकन मण्डल, पुनम पटेल, सुरेन्द्र मण्डल, धनपत साह, बिजय महतो मनोज प्रसाद चौधरी लगायतका रहेको आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।