रुग्ण बन्दै गएका उर्जा र जलस्रोतका ठूला आयोजना अघि बढाइने : उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री खड्का

धनकुटा,२६ भदौ । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले राज्यको अरबौं खर्च भइसकेका तर रुग्ण बन्दै गएका उर्जा र जलस्रोतका ठूला आयोजना अघि बढाउँने काममा आफ्नो मन्त्रालय लागि परेको बताउँनु भएको छ ।

नेपाली कांग्रेस धनकुटाले आज धनकुटामा गरेका कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताउनु भएको हो । स्थानीय स्रोतमा आधारित नदिनालाको प्रयोग गरि बनाइने जलबिद्युत् आयोजनामा प्रभावित क्षेत्रका बासिन्दालाई दिने भनिएको शेयरको अंश एकदमै सानो भएको बताउँनु भयो साथै उहाँले जलबिद्युत् उत्पादन क्षेत्रका प्रभावित स्थानीयका लागि तोकिएको १० प्रतिशत शेयरको ब्यबस्था उचित नभएको उहाँको भनाई छ ।

नेपाली काँग्रेस धनकुटाले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री खड्काले १० प्रतिशत शेयरको ब्यबस्थाले जलबिद्युत् आयोजना क्षेत्रका विपन्न वर्गका लागि दुखद् भएको बताउँनु भयो ।

पाइपलाइनमा रहेका आयोजनाबाट उत्पादित बिजुली नेपाललाई प¥याप्त भएपछि छिमेकी भारत, बंगलादेश र चीनमा बिक्रि गर्ने योजना अनुसार आफूले द्रुतगतिमा काम गरिरहेको मन्त्री खड्काको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।