नेकपा एमाले नगर कमिटी धनकुटाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

धनकुटा, ८ असोज । नेकपा एमाले नगर कमिटी धनकुटाले विजया दशमी, दिपावली, नेपाल सम्वत्, छठ, ल्होसार,वाडामेट, मंसिरे चाड, साकेला लगायत नेपालीहरुले मनाउने विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदन प्रदान कार्यक्रमा बोल्दै सहभागिहरुले सबै चाडपर्वले नेपालीहरुमा सुख शान्तिको कामना गर्नु भएको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री राजेन्द्र कुमार राईले अवको एमालेको लक्ष्य भनेको मिसन ८४ भएकोले त्यस अनुसार अगाडी बढ्नु पर्ने बताउनु भयो ।

त्यस्तै नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्गलाले पाटीले आन्तरिक संगठन लाई मजबुत बनाउँदै अगाडी बढी रहेको भन्दै बाँकी रहेका पाटी भित्रका कम पुरा गर्न सबै लाग्नु पर्ने बताउँनु भयो ।

कार्यक्रममा जनसंस्कृतिक महासंघको संस्कृतिक कार्यक्रम तथा पालिका स्तरिय संगठन कमिटीको सपथ ग्रहण कार्यक्रम समेत राखिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।