पाख्रिबासमा नेकपा एमालेको शुभकामना आदान-प्रदान
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमाले पाख्रिबास नगर संगठन कमिटिले आज शुभकामना आदान-प्रदान कार्यक्रम गरेको छ ।
नजिकिंदै गरेको विजया दशमी,तिहार,छठ,उधौली,नेपाल संवत,ल्होसार,चासोक तांग्नाम लगायत नेपालीका विभिन्न सांस्कृतिक चाडपर्वको अवसरमा शुभकामना साटासाट गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री,प्रतिनिधि सभा सदस्य,नेकपा एमाले केन्द्रिय सदस्य एवं धनकुटा पार्टी इन्चार्ज राजेन्द्र कुमार राई रहनु भएको थियो भने अतिथिहरुमा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष शिव आंग्ला,प्रदेश सांसद निरन राई,कोशी प्रदेश सदस्य तथा पाख्रिबास नगरपालिका इन्चार्ज खड्कामान राई,जिल्ला सल्लाहकार परिषद अध्यक्ष भिम राई,पाख्रिबास नपाका प्रमुख ज्ञान बहादुर गुरुंग,उपप्रमुख नम्रता गौतम,जिल्ला कमिटि सचिवालय सदस्य हरि खत्री,शान्तिराम गौतम,जिकसस तथा वडा नं ९ अध्यक्ष सम्झना आले,जिल्ला कमिटि सदस्य,वडा नं ३ तथा पाख्रिबास नपाका प्रबक्ता सरोज राई,४ नं वडा अध्यक्ष सन्तोष मानन्धर,जिल्ला संगठन कमिटि अध्यक्ष अर्जुन छाराहांग लगायतका नेताहरु रहेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा नेकपा एमालेका नेता,कार्यकर्ता ,संघसंस्थाका प्रतिनिंधि लगायत सहभागि थिए ।
पाख्रिबास नगर संगठन कमिटि अध्यक्ष सिताराम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मदन राईले स्वागत मन्तब्य राखेका थिए ।









