किन मनाईन्छ दशैँ, के छ दशैँको महत्व ?

काठमाडौँ । दशैँ भन्ने वित्तिकै हिन्दु धर्मावलम्बि नेपालीहरुले बुझिहाल्नुहुन्छ मासु खाने, रमाईलो गर्ने अनि आफु भन्दा ठुलाबाट टिका लगाउने । यत्ति मात्र हो त दशैँको महत्व ? पक्कै हैन, यसका अन्य धेरै महत्वहरु छन् जो नखोजी, नपढिकन या विद्यानहरुको संगत नगरिकन बुझ्न र जान्न सकिदैन।

दशैं शव्द अंक दशबाट बनेको हो । दशअंक ‘१’ प्रकृतिमा ‘०’ प्रत्ययथपेर बनेको हो । १० अंकले प्रकृति ‘१’ नहुने हो भने ‘०’ ले कुनै अर्थ राख्दैन। गाउँघरका मानिसहरूले दशमहिनासम्म खेती, किसानीको काम गर्छन् । यसरी दश महिनासम्म काम गर्दा कहिले काही आराम र मनोरञ्जन पनि गर्नुपर्छ । त्यसो नगरे स्वास्थ्य विग्रन्छ, बिरामी भइन्छ । दश महिना काम गरेर प्रकृति (धर्तीमाता) र प्रत्यय(जिवात्मा÷मुनष्य) ले विश्रामलिने अवसरको रूपमादशैं मान्ने परम्परा सुरु भयो । तर, विश्राम कसरी गर्ने त ? सुतिरहेर, बसिरहेर मात्रविश्रामनगरेर रमाइलोको लागि एक–अर्काको घरमागएर कुराकानी गर्ने अवसरको रूपमा दशैंको सुरु भयो ।

यसैगरी प्रकृति (धर्तीमाता)लाई कसरी विश्राम दिइएको छ भन्दा यसबेला कसैले खेतबारीमा खेतीपाती लगाउदैनन्, लगाएको अन्नबाली फुल्न, फल्न र पाक्न सुरु हन्छ । यो प्रकृतिले विश्राम लिएको हो । ऋग्वेदकालमा दशैंलाई ‘वसन्त सम्पात’ भनिन्थ्यो । इतिहासको कालखण्ड अनुसार दशैंको नाम फरक–फरक हुदै आएको छ ।

दशैं किन मनाइन्छ ?

दशैंको सम्मुखमा विभिन्न देवी देवताको भक्ति र पितृ/पूर्वजहरूको श्रद्धा गरिने चलन छ । यसो किन गरिन्छ भन्दा दुर्गतीलाई नाश गरी शक्तिको उपासनाको लागि नवदुर्गाको पूजा गरिन्छ । नौ दिनसम्म शक्ति सञ्चयको लागि नवरत्नको पूजा गरिन्छ । सोह्र श्राद्ध आफ्नो पितृ(पूर्वज)हरू प्रतिगरिने श्रद्धा हो । हामी को हौं ? कहाँबाट आयौं ? भनेर आफ्नो पूर्वजहरूको संस्मरणको लागि श्राद्ध गरिन्छ । श्राद्ध ब्राम्हण क्षेत्रीले मात्र हैन, राई, लिम्बु लगायतका सबै जातिले गर्दछन् । क्षेत्री, बाहुनले गर्नेलाई मात्र श्राद्ध भनिदैन । श्राद्ध वार्षिकी र दैनिकी गरी दुई किसिमका हुन्छन् । आफ्नो पितृहरूको संझनामा वर्षको एकपल्ट गरिने सोह्र श्राद्ध जस्तै श्राद्ध वार्षिकी हो । खानु, पिउनु, सुत्नु, हिड्नु, नुहाउनु आफ्नो दैनिक पलपल, क्षणक्षणको नित्यकर्म गर्नु दैनिकी श्राद्ध हो । श्राद्ध नगरी कोही पनि बाँच्न सक्दैन । मान्छे मरेपछि मात्र श्राद्धको अन्त्य हुन्छ ।

दशैंमा विभिन्न रातो, पहेलो, हरियो, सेतो रङ्गको टिका अनिजमरा निधारमा लगाउछौं । यसरी विभिन्न रङ्गको टिका र जमरा किन लगाउँछौ भन्दा मान्छे(जिवात्मा)ले धर्ती(पृथ्वी)मा खेती लगाउँदाका७ रूप हुन्छन् । धर्ती(पृथ्वी)माताले उपार्जन गरेको अन्नबाली, सागसब्जीखाएर र ओखतीमूलो गरेर मान्छे बाँचेका छौं । धर्तीमातामाथि नै फोहोर–मैला गर्छाैं । ज्यादै कष्ट पनि दिन्छौं । यसको बदलामा पृथ्वीमातालाई मानिसले के कुराले स्वागत र सम्मान गरौं त भनेर रातो, सेतो, पहेलो, हरियो गरी विभिन्न रङ्गको टिका र जमरा केही घण्टा, केही दिन भए पनि लगाएर पृथ्वीमाताको स्वागत, सत्कार र श्रद्धा गर्न टिका र जमरा लगाइन्छ ।

टिका लगाएर मान्यजनकहाँ टिका लगाउन आउने–जाने गरिन्छ । यसको अर्थ सानोले ठुलालाई आदर, सत्कार गर्नु, मान सम्मानगर्नु र ठुलाले सानालाई आशिर्वाद दिनको लागि हो । आदर, सत्कार, मान सम्मानगर्नु र आशिर्वाद दिनजान्नु पर्दछ, बुझ्नु पर्दछ । दशैं आयो भनेर नयाँ लुगालगाउने, वर्षभरि सफा नगरेको घर–आँगन, बाटो, पँधेरो सफा गर्ने गरिन्छ ।

विजया दशमी किन भनिन्छ ?

दशैलाई विजया दशमी पनि भन्ने गरिन्छ । कसैकसैले यसलाई राम र रावणको युद्धसँग तुलना गरी रामले रावणमाथि विजयप्राप्त गरेको खुशियालीको दिनको रूपमा मानिएको भन्ने गर्दछन् । तर त्यसो हैन । राम र रावणको युद्ध त प्रचण्डले गिरिजालाई राष्ट्रपति बनाउँछु भनेर पछि नबनाएर गिरिजालाई हराए जस्तै त हो । यो कुन ठुलो कुरा हो र ? मुख्य कुरा १२ महिनासम्म खाने अन्नबाली सकुशल दश महिनासम्म लाएर प्रकृति माथि मानिसले विजय हासिल गरेको दिन भएको हुनाले विजया दशमी भनिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।