विशेष अभियानले पार्टीलाई पूर्ण एकता कायम गर्न सहयोग पुग्छ : संग्रौला

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा डिला संग्रौलाले १०० दिने विशेष अभियानले पार्टीलाई गाउँगाउँबाटै थप सक्रिय बनाउने वताउनु भएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिकामा शनिवार नेपाली कांग्रेसको १०० दिने विशेष अभियानको उद्घाटन गर्दै नेता संग्रौलाले त्यस्तो बताउनु भएको हो । उहाँले यो अभियानले पार्टीलाई पूर्ण एकता कायम गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

त्यस्तै जिल्ला सभापति दिनेश राईले नेपाली कांग्रेसले मात्र मुलुकको समग्र विकास गर्नसक्ने वताउनु भयो । पूर्व सभापतिहरु मनोहर नारायण श्रेष्ठ र अग्नी पौडेलले कांग्रेस एक भए कसैले कांग्रेसलाई हराउन नसक्ने वताए । महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुव राज रायले महालक्ष्मीमा कांग्रेसको नेतृत्वमा रहेको स्थानीय सरकारले जनताको पक्षमा लोकप्रिय कार्यक्रमहरु गरिरहेको वताउनु भयो ।

अभियान उद्घाटन कार्यक्रममा सचिव विजय सन्तोषी राई,सहसचिव श्रीराम रायमाझीले १०० दिने विशेष अभियानको वारेमा प्रकाश पारेका थिए । नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिका कार्यवहाक सभापति हिक्तम भण्डारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपसभापति नरेन लुम्बाले राख्नु भएको थियो ।

धनकुटाको महालक्ष्मी नगरपालिकाको ९ वटै वडामा जिल्लाबाट खटिएको जिल्ला प्रतिनिधिहरुले आ आफ्नो वडाहरुमा पुगेर वडावासीसंग भेटघाट तथा छफल गर्ने लगायतका अन्य विभिन्न कार्यक्रमहरु गर्ने जिल्ला सचिव राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।