धनकुटा नगर कांग्रेसको कार्यवाहक सभापतिमा कर्माचार्य
धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको कार्यवाहक सभापतिको जिम्मेवारी अभिषेक कर्माचार्यले सम्हाल्नु भएको छ ।
सोमबार पार्टीका धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठले नगर उपसभापती कर्माचार्यलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनु भएको हो ।
धनकुटा नगर कार्य समितिका सभापती श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगर कार्य समितिको बैठक तथा कार्यवहाक सभापती प्रदान गर्ने कार्यक्रममा पार्टीका धनकुटा जिल्ला उपसभापती तथा नगर संयोजक सुनिल कुमार डंगोल,जिल्ला सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु मिन वहादुर कार्की,नगेन्द्र पाण्डे,क्षेत्रिय उपसभापति प्रदेश सभा (क) का मिलन खड्गी,नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका वरिष्ठ उपाध्यक्ष दामोदर सुवेदी,लगायतले कार्यवहाक सभापतिको जिम्मेवारी सम्हाल्नु भएका कर्माचार्यले पार्टी संगठन विस्तार र सुदृढीकरणका लागि महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
बैठकमा उपस्थित पूर्व जिल्ला सदस्य दिनेश भण्डारी,नगर कार्य समितिका सहसचिव शारदा सन्तोषी राई, नगर कार्य समिति सदस्य करुण गुरागाई,कृष्णमाया श्रेष्ठ,किरण प्रधान,वडा नं. ५ का निर्वाचित वडा सदस्य गोविन्द्र राई,वडा नं. १० का निर्वाचित वडा सदस्य राजेन्द्र राई लगायतले नगर कार्यवहाक सभापती कर्माचार्यको नेतृत्वमा धनकुटा नगरपालिका स्तरीय १०० दिने विशेष अभियान कार्यक्रम पालिका स्तरमा कार्तिक २८ गतेपछि सवै वडा तथा टोलमा भव्य रुपमा संचालन गर्ने वताए ।


