पाख्रिबासमा एमालेको निर्वाचित जनप्रतिनिधिहरु र पार्टी नेतृत्व बीच प्रशिक्षणात्मक तथा मध्यावधि समीक्षात्मक कार्यशाला गोष्ठी सम्पन्न
धनकुटा । धनकुटाको पाख्रिबासमा नेपाल कम्युनिष्ट पार्टी एमाले पाख्रिबास नगर संगठन कमिटिको आयोजनामा निर्वाचित जनप्रतिनिधिहरु र पार्टी नेतृत्व बीच पालिका स्तरीय प्रशिक्षणात्मक तथा मध्यावधि समीक्षात्मक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुद्वारा अहिले सम्म आफुहरुले सम्पन्न गरेको बिकासका कार्यहरुको बारेमा कार्य प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
पार्टीले जितेका वडाहरुका सम्बन्धित वडा अध्यक्षहरुले आफ्नो वडामा अहिले सम्म भए/गरेका बिकासका कार्य विवरण तथा बिकासका योजनाहरु प्रस्तुत गरेका थिए ।
वडा २ का वडा अध्यक्ष चुडामणि पुलामी,३ का वडा अध्यक्ष सरोज राई,७ का अध्यक्ष देबेन्द्र बहादुर तामांग,८ का वडा अध्यक्ष सम्झना आले र १० का वडा अध्यक्ष देबेन्द्र बहादुर तामांगले आ-आफ्नो वडामा भएका बिकासका कामहरु प्रस्तुत गर्दै खानेपानीको बजेट विनियोजन भएपनि कार्य योजना सुरु नभएको,प्रदेश सरकारबाट संचालित सडक आयोजनाहरु अधुरो रहेको ,बिकासका कामले गति नलिएको कुरा राख्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा सांसद राईले दक्ष जनशक्ति उत्पादन गर्न शिक्षालाई जोड दिनु पर्ने भन्दै पार्टीलाई स्वास्थ्य बनाउंदै जनताको भावना बुझेर काम गर्न निर्देशन दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री,प्रतिनिधि सभा सदस्य,नेकपा एमाले केन्द्रिय सदस्य एवं धनकुटा पार्टी इन्चार्ज राजेन्द्र कुमार राई अतिथिहरुमा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष शिव आंग्ला,जिल्ला सचिव नैन रुचाल,प्रदेश सांसद निरन राई,कोशी प्रदेश सदस्य तथा पाख्रिबास नगरपालिका इन्चार्ज खड्कामान राई,जिल्ला सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख निर्मला इवाहांग, जिल्ला सल्लाहकार परिषद अध्यक्ष भिम राई,पाख्रिबास नपाका उपप्रमुख नम्रता गौतम,जिल्ला कमिटि सचिवालय सदस्य हरि खत्री,शान्तिराम गौतम लगायतका निर्वाचित जनप्रतिनिधि,नेता,कार्यकर्ताहरुको उपस्थिति रहेको थिए ।
कार्यक्रम एमाले पाख्रिबास नगर संगठन कमिटिका अध्यक्ष सिताराम राई सभापतित्वमा संचालन भएको थियो ।









