धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी हुने

धनकुटा, ३० कात्तिक । धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने भएको छ । धनकुटा नगरपालिकाको आयोजनामा आगामी मंसिर ४ गते प्रदर्शनी गर्न लागिएको हो ।

एभोकाडोसहितका स्थानीय उत्पादनहरूको प्रवर्द्धन तथा कृषक एवं उद्यमीहरूलाई प्रोत्साहनका लागि प्रदर्शनी गर्न लागिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । नगरपालिका कार्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने प्रदर्शनीमा एभोकाडो तथा उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ । प्रदर्शनीमा उद्यमशीलता विकास सम्बन्धी परामर्श पनि दिइनेछ । स्थानीय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ ।

प्रदर्शनीका लागि धनकुटा नगरपालिकाले स्टल निःशुल्क उपलब्ध गराउने भएको छ । प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले कार्यालयको तर्फबाट सूचना जारी गरेर उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण गर्न चाहने कृषक तथा व्यवसायीलाई मंसिर २ गतेभित्र कार्यालयमा सम्पर्क राखी स्टल बुक गराउन आग्रह गरेका छन् ।

कृषक, उत्पादक, व्यवसायी, विज्ञ तथा लगानीकर्ताको एकै ठाउँमा भेटघाट तथा अन्तरक्रिया हुने भएकाले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारिकरणमा सघाउ पुर्याउने नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारी बताउँछन् । प्रदर्शनी सफल पार्न नगरपालिकाले नगरवासी, कृषक, सहकारीकर्मी, विद्यार्थी, युवा, उद्यमी, व्यवसायी लगायत सबैलाई आग्रह गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।