धनकुटामा १ लाख ३७ हजार ४ सय ५० मेट्रिकटन तरकारी उत्पादन
धनकुटा,१९ मंसिर । तरकारी उत्पादनका लागी अग्रणी जिल्लाको रुपमा रहेको धनकुटामा गत आर्थिक बर्षमा १ लाख ३७ हजार ४ सय ५० मेट्रिकटन तरकारी उत्पादन भएको छ ।
५ हजार ९ सय ९७ हेक्टर क्षेत्रफलमा गरिएको खेती बाट यो परिणमको तरकारी उत्पादन भएको कृषि त्रान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिनु भयो ।
बन्दा, काउली, मुला, आलु र मटरकोसा,स्कुस लगायत तरकारी उत्पादन भएको प्रमुख रानाको भनाइ छ । जिल्लामा उत्पादन भएको तरकारी मध्ये ८२ हजार ४ सय ७० मेट्रिटन घरायसी प्रयोजन र ५४ हजार ९ सय ८० मेट्रिटन जिल्ला बाहरि निकासी भएको कृषि ज्ञान केन्द्रको तथ्याकमा उल्लेख गरिएको छ ।
जिल्ला बाहिर निकासी भएको तरकारी बिक्रिबाट यहाँका किसानले सरकारी दररेट अनुसार एक अर्ब ६४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको ज्ञानकेन्द्रको तथ्याङ्गकमा उल्लेख गरिएको छ ।


