एनपीएलको प्लेअफ समीकरण पूरा, यसरी हुनेछन् फाइनलसम्मका खेलहरु

काठमाडौं । नेपाल प्रिमियर लिगको प्लेअफ समीकरण पूरा भएको छ । यससँगै अब प्लेअफमा खेल्ने ४ टोली निश्चित भएका छन् र ४ टोली बाहिरिएका छन् । राउण्ड रोबिन फरम्याटमा भइरहेको एनपीएलमा अब प्लेअफका खेलहरु क्वालिफायर, इलिमिनेटर र फाइनलको रुपमा हुनेछन् ।

एनपीएलमा प्लेअफको पहिलो खेल इलिमिनेटर खेलाइने तय भएको छ । यो खेल तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सबीच हुनेछ । बुधबार बिहान ९ बजे हुने यो खेल हार्ने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।

सोही दिन दिउँसो १ बजे क्वालिफायर १ खेलाइनेछ । यो खेल पहिलो स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच हुनेछ । यो खेल जित्ने टोली सोझै फाइनलमा जानेछ । हार्ने टोलीले पनि अर्को एक अवसर पाउनेछ ।

बिहीबार दिउँसो साढे १२ बजे क्वालिफायर २ खेल हुनेछ । यो खेल इलिमिनेटरको विजेता र क्वालिफायर १ मा हार्ने टिमबीच हुनेछ । यो खेल जित्ने टिमले क्वालिफायर १ जित्ने टोलीसँग फाइनल खेल्नेछ । फाइनल शनिबार दिउँसो साढे १२ बजे हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।