फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक

फिदिम । यही पुस ६ गतेदेखि सुरु हुने फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । गोल्डकपको १२औँ संस्करणको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी, मच्छिन्द्र एफसी काठमाडौँ र झापा ११ फुटबल क्लबले दोस्रो खेल खेल्नेछन् । त्रिभुवन आर्मी एफसी र झापाको न्यू स्टार क्लब बाइ पाएर सोझै क्वाटरफाइनलमा स्थान बनाएका छन् । पहिलो खेलको विजेताले आर्मी र दोस्रो खेलको विजेताले न्यू स्टारसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, चर्च ब्वाइज युनाइटेडले विराटनगर सिटी एफसीसँग र एनआरटी काठमाडौँले सलहेश युवा क्लब सिरहासँग अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।

पुस १५ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख ५५५ रुपैयाँ पाउने छ । २०६५ सालदेखि सञ्चालन भएको गोल्डकपको राशि यसपटक दोब्बर बनाइएको हो । गोल्डकपले २०७५ सम्म निरन्तरता पाएको थियो । छ वर्षपछि हुन लागेको गोल्डकपको १०औँ संस्करणको विजेताले चार लाख ४४ हजार ४४४ रुपैयाँ पाएको थियो । यो संस्करण झापा ११ एफसीले जितेको थियो । आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापामगरका अनुसार प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् ।

प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयीमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।