यो सरकार फेल भयो भने धेरै कुरा फेल हुन्छः गोकुल बाँस्कोटा

काठमाडौं, ३ पुस । नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अहिलेको सत्ता समीकरणलाई फेल हुन छुट नभएको बताएका छन ।

मंगलबार नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरूको पदभार ग्रहण कार्यक्रममा बोल्दै काभ्रेपलाञ्चोकका प्रतिनिधि सभा सदस्य समेत रहेका लामो समय राजनीति गरेका राजनीतिक दलको गठबन्धन सरकार बनेकोले यसलाई जोगाएर देशलाई निकास दिनु पर्ने बास्कोटाको जोड छ ।  ‘नेपालको राजनीतिक संस्थागत राजनीति समीकरण हो, यो फेल भयो भने धेरै कुरा फेल हुन्छ’, उनले भने ।

राणा र राजा विरुद्ध लडेका शक्तिले पनि देश बनाउन सकेनन् र मुलुकलाई आशावादी बनाउन सकेनन् र त्यस प्रति पनि मुलुक निराशामा गयो भने अर्को विकल्प नहुने उनको भनाइ छ ।  ‘दिनदिनै सत्ता परिवर्तन गर्ने कुरा होइन’, उनले भने ।

 

प्रेस स्वतन्त्रताको नाममा छाडातन्त्र स्वीकार्य नभएको बताउँदै उनले  प्रेस स्वतन्त्रता भित्र पनि स्वनियन्त्रण आवश्यक रहेको उनको भनाइ छ । ‘नेपाली प्रेस पूर्ण स्वतन्त्र छ तर जिम्मेवार, जबाफदेही र दायित्वसहितको हुनु पर्छ’, बाँस्कोटाले भने ।

बाँस्कोटाले स्वतन्त्र व्यक्ति मात्र हुन सक्ने बताउँदै स्वतन्त्र भन्ने पार्टीको नाम नै गलत भएको भन्दै नाम प्रति आपत्ति जनाए । पत्रकारितामा हारजित नहुने बताउँदै बास्कोटाले सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । एकले अर्का प्रति कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्न उनको सुझाव छ । 

 

समाजलाई सुसूचित गर्न, राजनीतिलाई सही मार्गमा हिँडाउन, विधि र कानुनको शासन पालना गराउन पूर्ण प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेस विभाजित हुन नहुने उनको भनाइ छ । महासंघको १२ औँ जिल्ला अधिवेशनबाट विनोदकुमार न्यौपाने अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।