कर्णालीलाई पन्छाउँदै जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा प्रवेश

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा पुगेको छ । जनकपुरले कर्णालीमाथि २ विकेटको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा पूरा गर्दै सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो। जनकपुरका लागि जिमी निशमले ठुला शटहरू खेल्दै सर्वाधिक ४५ रन बनाए । मात्र १७ बलको सामना गरेका उनले २ चौका र ५ छक्का हिर्काउँदै टिमलाई फाइनलको यात्रामा डोहोर्याएका थिए ।

शेर मल्लले अविजित १६ रन जोड्दा हर्श थाकर १७, मयन यादव १४ र आकाश त्रिपाठी १३ रनमा आउट भए । कप्तान आसिफ शेख ४ रनमा आउट हुँदा शुभ कंसाकार ३ तथा लाहिरु मिलान्था २ र मोहमद मोहसिन १ रनमा आउट भए ।

बलिङमा कर्णालीका बिपिन खत्रीले सर्वाधिक ३ विकेट लिए । अब जनकपुरले उपाधिका निम्ति सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

हारसँगै प्रतियोगितामा तेस्रो स्थान निश्चित गरेको कर्णालीले २५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖