नेपालले हङकङलाई दियो २६६ रनको लक्ष्य

काठमाडौं । एक दिवसीय यू–१९ सिरिजको अन्तिम खेलमा नेपालले हङकङलाई २६६ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदान हङकङविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २६५ रन बनायो । नेपालका ओपनर सूर्यान्शु कोइरालाले सर्वाधिक ६० रन बनाए ।

९६ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । उनीसहति सन्तोष यादव, कप्तान अभिषेख तिवारीलेले अर्थशतक बनाए । सन्तोष ५३ र अभिषेख ५३ रनमा आउट भए । नरेन भट्टले ३६, सोहइल कुँवरले १३ र राजेश बोहराले रनको योगदान दिए ।

बलिङमा हङकङका प्रित मांगुकिया, श्यायन पुरी, पार्थ श्रिभास्टव र डेनियल म्यापले दुईरदुई विकेट लिए ।

लगातार दुई खेलमा जित निकाल्दै नेपालले ३ खेलको एक दिवसीय यू–१९ सिरिज आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।