एनपीएल फाइनल भोलि : सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै फाइलन यात्रा तय गरेको हो भने जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै फाइलन यात्रा सुनिश्चित गरेकोे हो ।

सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तान आसिफ शेखले गर्नेछन् । नियमित कप्तान अनिलकुमार शाह घाइते हुँदा पछिल्लो दुई खेलमा आसिफले कप्तानी गरिरहका छन् । सुदूरपश्चिम जनकपुरमाथि जितको ह्याट्रिक गर्दै उपाधि चुम्न चाहन्छ । यसअघिका भएका दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । जनकपुर भने सुदूरपश्चिमलाई फाइनलमा हराउँदै यसअघिका दुई हारको बदला लिन चाहन्छ । दुवै टोलीका कप्तानले आफुहरु फाइनलका लागि तयार रहेको बताएका छन् ।

सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले एनपीएलमा शानदार प्रदर्शन गरिरहेको छ । सुदूरपश्चिमले ८ खेलमा एक खेलमा मात्र हार व्यहोरेको छ ।

चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको थियो । अन्यथा सुदूरपश्चिमले बलिङ र ब्याटिङ दुवै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सुदूरपश्चिमको फिल्डिङ झनै मजबुत छ ।

सुदुरपश्चिमका ओपनर विनोद भण्डारी र सैफ अलि जैव दुवै लयमा छन् । उनीहरुले टीमलाई राम्रो ओपनिङ दिलाउँदै आएका छन् । सर्वाधिक रन बनाउने सूचीमा सैफ आठौं र विनोद दशौं नम्बरमा छन् । सूचीमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छैटौं नम्बरमा छन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङमा आफ्नो कौशल देखाउँदै आएका छन् । उनीसँगै इशान पाण्डे र विदेशी खेलाडी ब्रान्डन म्याकमुलेन पनि ब्याटिङ जमिराखेका छन् ।

सुदूरपश्चिमले बलिङमा पनि राम्रो प्रदर्शन गर्दै आएको छ । सुदूरपश्चिमबाट एनपिएल खेलिरहेका स्कट कुगेलेन एनपिएलकै सर्वाधिक विकेट लिनेको सूचीमा पहिलो स्थानमा छन् । उनको बलिङमा धेरै ब्याटर टिकेर खेल्न सकेका छैनन् ।

युएईका रोहन मुस्ताफाको ठाउँमा आएका अमेरिकाका हर्मित सिंहले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । सैफले पनि राम्रो बलिङ गर्दै आएका छन् । लिग चरणको खेलमा १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरपश्चिमले ५१ रनमा अलआउट गरेको थियो ।

जनकपुर बोल्ट्स
पछिल्लो केही खेलमा लय बिग्रेको जनकपुरले सुदूरपश्चिमसँग बदला लिन आतुर छ । लिग चरण र प्लेअफमा गरी दुई पटकको बदला लिँदै उपाधि रक्षा गर्ने दाउमा छ जनकपुर ।

नियमित कप्तान अनिलकुमार शाह घाइते हुँदा जनकपुरलाई ठूलो क्षति पुगेको छ । तर, न्यूजिल्यान्डका अलराउन्डर जिमी निसमको उच्च लयले टिमको आत्मविश्वास बढाएको छ । उनको ब्याट चलेमा एक्लै खेल जिताउने सामथ्र्य राख्छन् । सुदुरपश्चिमलाई भोलि कसैसँग डर छ भने पक्कै निसमसँगै छ ।

ब्याटर लामिरु मिलान्था र स्पिनर ललित राजवंशी राम्रो प्रदर्शन गर्दै आएका छन् । हर्ष थाकर र किशोर महत्तोले पनि औषत प्रदर्शन गरिरहेका छन् । ललित सर्वाधिक विकेट लिनेको दोस्रो स्थानमा छन् । किशोर महतो सातौं र हर्ष थाकर आठौं स्थानमा छन् । ललित र किशोर सुरुआति चरणमा विकेट लिँदै विपक्षी टोलीलाई दबाबमा राख्न खप्पिस् छन् । हर्ष मिडल अर्डरमा रन रोक्ने र चाहिएको समयमा विकेट लिने काम गरिरहेका छन् ।

ब्याटिङतर्फ पनि जनकपुरले राम्रो प्रदर्शन गर्दै आइरहेको छ । विदेशी खेलाडी जिमी निशम र लाहिरु मिलान्थाले जनकपुरको ब्याटिङ सम्हालिरहेका छन् । जिमी सर्वाधिक रन बनाउनेको तेस्रो र लाहिरु सातौं स्थानमा छन् । कप्तान आसिफ ब्याटिङमा खासै जम्न सकेका छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖