आधारहीन आरोप होइन, आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ आलोचनाको सट्टा डिजिटल मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै त्यसलाई रोक्न सञ्चारकर्मी स्वयम् सचेत बन्नुपर्ने सुझाव दिनुभएको छ ।

काउन्सिलले नियमितरूपमा नयाँ अनलाइनका सम्पादक÷प्रकाशकका लागि गर्दै आइरहेको आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३औँ शृङ्खलामा उहाँले आधारहीन एकपक्षीय आरोप, नकारात्मकता र पक्षधरताले सञ्चार माध्यमकै बद्नाम हुने बताउनुभयो । कतिपय सञ्चार माध्यमले जानाजानी आरोपैआरोपको शृङ्खला सुरु गरेको उहाँले बताउनुभयो । पत्रकारितामा आलोचनात्मक चेत आवश्यक भएपनि आलोचना गर्नु भनेको आरोपको वर्षा लगाउनु नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पत्रकार स्वयम् सजग, सचेत र चनाखो नहुँदा यसको मार मिडिया जगतले खेपिरहनुपर्छ ।”

अहिले आधारहीन आरोप नभएर आलोचनात्मक पत्रकारिताको खाँचो रहेको अध्यक्ष बस्नेतले औँल्याउनुभयो । पत्रकारले समस्या केलाउने मात्र नभएर त्यसको समाधानका लागि हुनुपर्ने कामहरूमा समेत चासो देखाउनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले आचारसंहिता भनेको आफूले आफैँलाई अनुशासनमा बाँध्ने सूत्र भएकाले पत्रकारहरूले यसको सधैँ पालना गर्नुपर्ने बताउनुभयो । उहाँले प्रेस काउन्सिलको मूल काम नै आचासंहिता निर्माण गर्ने र लागू गराउने रहेको र काउन्सिलले नयाँ सूचीकरण हुने अनलाइनलाई अभिमुखीकरण गरेदेखि यसले राम्रो नतिजा देखिएको उल्लेख गर्नुभयो । पोखरेलले पत्रकारिताभित्र आलोचनात्मक चेतलाई कमजोर बनाउन नहुने भन्दै आलोचनाका नाममा आरोप पत्रकारितालाई रोक्न काउन्सिलले विशेष सक्रियता देखाउनुपर्ने सुझाव राख्नुभयो ।

विषय विज्ञको रूपमा सहभागी पत्रकार फूलमान बलले पहिले पत्रकार भन्नासाथ बौद्धिक वर्ग भन्न्ने धारणा रहेको उल्लेख गर्दै त्यसमा प्रश्न उठाउने काम पत्रकार आफैले गर्न नहुने बताउनुभयो । नेपाल टेलिभिजनका निवर्तमान महाप्रबन्धक समेत रहनुभएका उहाँले अहिले गफ गरेकै भरमा गोपनीयताको ख्याल नगरी पत्रकारले लेख्छ वा पैसको बार्गेनिङ गर्छ भन्ने भाष्य निर्माण हुन थालिनु दुखद् भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अब राज्यले पत्रकारको योग्यतासम्बन्धी स्पष्ट मापदण्ड बनाउन पनि आवश्यक छ ।”

कार्यक्रममा सहभागी अग्रज पत्रकार अरुण बरालले अहिले पत्रकारितामा आर्थिक सङ्कटसँगै सामग्री (कन्टेन्ट)को सङ्कट देखिएको उल्लेख गर्नुभयो । काउन्सिलका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँले पत्रकार आचारसहिंताअन्तर्गत चार निर्देशिका रहेको र यसको कार्यान्वयन गर्दा समाचार विवादरहित हुने समेत औँल्याउनुभयो । कार्यक्रमको सहजीकरण शाखा अधिकृत सुवास राईले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।