रबि लामिछानेको सांसद पद निलम्बनमा

काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेको पद  निलम्बनमा परेको छ ।
 
यसअघि दोहोरो नागरिकताका कारण  पदमुक्त भएका रास्वपा सभापतिसमेत रहेका लामिछाने यो पटक भने सम्पति शुद्धीकरणको मुद्धालगायतले निलम्बनमा परेका हुन ।

प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै  ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था उल्लेख गरेका छन् ।

प्रहरीले उनीविरुद्ध हिजो मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणलगायत ३ वटा मुद्दा दायर गरेको थियो । कास्की जिल्ला प्रहरी कार्यालयले औपचारिक रुपमा संघीय संसद सचिवालयमा जानकारी गराए पछि उनी आज निलम्बनमा परेका हुन । उनी  चितवन–२ बाट निर्वाचित सांसद तथा सो पार्टीका संसदीय दलका नेता समेत हुन् । निलम्बनमा परेसँगै उनले संघीय संसद सचिवालयवाट पाउने तलब भत्तालगायत सबै सेवावाट बञ्चित भएका छन ।
 
खासमा संसद सचिवालयको सूचनामा रविलाई निलम्बन गर्न सम्पत्ति सुद्धीकरण ऐनलाई आधार लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सभामुखलाई पत्र आएको र सम्पत्ति सुद्धीकरण निवारण ऐन अनुसार मुद्दाको किनारा नभएसम्म निलम्बनमा रहने सूचनालाई मुख्य आधार बनाएर संसद सचिवालयले उनको सांसद पद निलम्बन गरेको हो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।