सत्तारुढ गठबन्धनको कार्यदलको बैठक सम्पन्न, संविधान संसोधनको अजेन्डा अघि सारिने

काठमाडौं, १० पुस । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकार सञ्चालन सबन्धि कार्यदलको बैठक सम्पन्न भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारलाई अझ प्रभावकारी बनाउनका लागि प्रयास जारी राख्ने प्रारम्भिक सहमति गरेका छन । 

सरकारको सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन लागि एमाले र कांग्रेसले दुई दलीय संयन्त्र बनाएका हुन ।

 

सो संयन्त्रको कार्यदलमा रहेका  बैठकमा सत्ता गठबन्धन निर्माण हुँदा भएको संविधान संशोधन लगायतका विषयको कार्यान्वयन कसरी अघि बढाउने लगायतका  विषयमा छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । 

कार्यदलमा सरकारको नेतृत्वकर्ता एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन भने कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा सदस्य रहेका छन ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।