एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय

काठमाडौं, १० पुस । नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आज (बुधबार) बसेको सचिवालय बैठकले आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवाली निर्णय जानकारी गराउँदै भने, ‘बैठकले केन्द्रीय कमिटीको ८औं बैठक आगामी पुस २१ र २२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

त्यो बैठकका लागि हामीले राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुको बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरोहरुले गरेका निर्णयहरुको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चार वटा एजेण्डा तय गरेका छौं । सोही एजेण्डामा रहेर यो बैठक सम्पन्न हुनेछ ।’

साथै, सचिवालय बैठकमा कांग्रेस–एमाले गठबन्धन सरकारको पाँच महिने सहयात्राको बारेमा समीक्षा भएको पनि उपमहासचिव ज्ञवालीले बताए । पाँच महिनाको अवधिमा केही महत्वपूर्ण काम अगाडि बढेकोमा बैठकले सन्तुष्टि व्यक्त गरेको उनले बताए । नयाँ सरकार आएदेखि नै शेयर बजार उच्च विन्दुमा रहेको, संक्रमण कालीन न्यायको विषय टुङ्ग्याउन आयोगका पदाधिकारी नियुक्तिका लागि छिट्टै अर्को समिति बनाउनेबारे पनि बैठकमा छलफल भएको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।